मांगलिक दोष तथा निवारण
हिन्दु ज्योतिष शास्त्र अनुसार मांगलिक दोष भनेको बलयुक्त रहेको मंगल जब १ ( प्रथम ) २ (दितिय ) ४ ( चतुर्थ )७ ( सप्तम ) ८ ( अष्टम ) वा १२ ( द्वादस) भावमा स्थित रहदा हुने योग वा दोष नै मांगलिक दोष मानिन्छ ।
शास्त्रीय मान्यता अनुसार मांगलिक दोष वैवाहिक जीवनको उपयुक्तता , सम्बन्धमा समस्या , वैवाहिक जीवनमा तनाब तथा अन्य समस्याहरुको प्रमुख कारण रहन्छ ।
जसमा ७ ( सप्तम ) तथा ८ ( अष्ट्म ) भाबमा रहेको मंगल ले उच्च मांगलिक वा डबल मांगलिक दोष ठहर गर्छ भने १ ( प्रथम ) २ ( द्वितीय ) ४ ( चतुर्थ ) तथा १२ ( द्वादश ) स्थानमा रहेको मंगल ले सामान्य मांगलिक दोष रहेको ठहर हुन्छ ।
यदि वर अनि वधु अथवा भनौ केटा वा केटि दुवै मांगलिक रहेको ठहर हुन्छ भने उनीहरुले एक आपसमा बिबाह गर्न सक्छन साथै उनीहरुको भएको मंगल को नकारात्मक प्रभाब पनि उतिकै सकिएर जान्छ । साथै मांगलिक रहेको केटा वा केटि अनि मांगलिक नरहेको केटा वा केटि बीच पनि बिबाह सम्भब छ तर त्यो भन्दा अगाडी केहि उपाय अनि निवारण बिधि हरु नियम अनुसार पालन गर्नु पर्दछ ।
मांगलिक निवारण उपाय अनि पद्दतिहरु :
१) कुम्भ बिवाह : सरल भाषामा भन्ने हो भने कुम्भ अर्थात् घैला वा कलश अनि कुम्भ बिवाह अर्थात् घडा वा घैला संग को बिबाह पद्दति हो ।सम्बन्धित ज्योतिष वा पण्डित मार्फत यो बिधि गरेर मांगलिक दोष बाट मुक्त हुन् सकिन्छ । यो बिबाह पनि सामान्य बिबाह जस्तै नै हो जसमा मन्त्र , अग्नि परिक्रमा , कन्यादान इत्यादी सबै बिधि गरिन्छ जुन घडा वा घैला लाइ आफ्नो जोडी मानिएको हुन्छ । यो बिबाह दोषी केटि वा स्त्री ले घैला संग गर्ने हो ।
बिधनाता यो पद्दति को समापन संगै सम्बन्धित व्यक्ति वा दोषी ले आफ्नो वस्त्र परिवर्तन गर्नु पर्छ जसमा सरिर मा लगाएको सानो धागो पनि फालिन्छ साथै त्यस पश्चात पूजा वा बिबाह गरिएको घडा वा घैला लाइ कसैले नदेखी गोप्य तरिकाले जल वा नदि मा प्रवाहित ( बिसर्जन ) गरिन्छ ।
२) पिपल बिबाह : यस बिबाह पद्दति मा दोषी स्त्री को बिबाह पिपल को वृक्ष संग गरिन्छ ।
३) बिष्णु प्रतिमा बिबाह : यस बिबाह पद्दति मा भगवान बिष्णु को स्वर्ण वा चादी को प्रतिमा वा मुर्ति संग बिबाह गरिन्छ ।
४) सालिग्राम बिबाह : यस पद्दतिमा पनि स्त्री को बिबाह सालिग्राम अर्थात् बिष्णु भगवान को ढुंगा को प्रतिक संग बिबाह गरेर मांगलिक दोषबाट मुक्ति मिल्दछ ।
अर्का बिबाह : यो बिबाह पद्दति पनि सरल बिबाह पद्दति जस्तै हुन्छ जसमा अर्का अर्थात आक् को वृक्ष संग
केटा को बिबाह गरिन्छ । यसमा पनि कन्यादान , अग्निको सप्त परिक्रमा , सिन्दुर , लगन लगायत सम्पूर्ण कर्म गरिन्छ ।
# मंगल को विभिन्न राशीको स्थान संग को सम्बन्ध :
१) १ (प्रथम स्थान) मेष मा रहेको मंगल ले सम्बन्धित व्यक्ति लाइ रिसालु , क्रोधी , घमण्डी तथा रोगि बनाउछ ।
२) २ ( दोस्रो स्थान ) वृष राशि मा स्थित मंगल ले सम्बन्धित व्यक्ति लाइ बिध्या तथा घन सम्पति मा समस्या गराउनु को साथै बिबादित पनि बनाउछ ।
३) ४ ( चतुर्थ ) स्थानमा रहेको कर्कट राशि को मंगल ले सम्बन्धित व्यक्ति लाइ आफन्त संग बिबाद गराउने , आफन्त बाट टाडा बनाउने साथै आफन्तीहरुमा कमि ल्याउनुका साथै सम्बन्द हरुबाट बिशेष त् ससुराली एवं मावली लगात बाट समस्या गराउछ । साथै यसले मानसिक चिन्ता वा मानसिक रोग पनि दिने गरेको पाइन्छ ।
४) ७ ( सप्तम ) स्थान तुला राशीमा स्थित वा भनौ पति पत्नी को घर रहेको ७औ भाबमा रहेको मंगल ले आपसी सम्बन्ध अर्थात् पति अनि पत्नी को बैबाहिक जीवनलाइ ठुलो असर गर्छ । यसले धेरै जस्तो पति पत्नी को झगडा गराउने साथै सम्बन्ध बिगार्ने संखाका भवन उत्पन्न गराउने , एक अर्कामा कु दृस्टी लगाउने साथै सम्बन्धित व्यक्तिलाई नकरात्म कार्य वा कुनै गलत कार्य : अपराधिक घटना इत्यादी मा संलग्न पनि गराउनसक्छ ।
५) ८ ( अष्ट्म ) स्थान वा आयु स्थान एवं ब्रिशिक राशिमा रहेको मंगल ले व्यक्ति को आयुमा कमि ल्याउने साथै धन सम्पति सकाउने तथा ठुलो रोगले सताउने एवं पेट सम्बन्धि रोग तथा कुनै प्रकार को चिरफार , अपरेसन सम्म गराउने योग रहनछ ।
६ ) १२ ( द्वादश ) स्थान वा मिन राशीमा स्थित मंगल ले जातकलाइ कामुक , वासनाले आसक्त , अल्छी , रोगि , बुढो किसिम को तथा अरुको कुभलो सोच्ने वा रिस दाह गर्ने बनाउछ । साथै यो मंगल ले अधिक बिबाह गराउने पनि गर्छ ।

No comments:
Post a Comment